|
|
|
|
|
|
 |
Home > Media >Press Release
|
Press Release

|
 |
Agreement between NEPSE and CDSL — 2010-01-15
प्रेश विज्ञप्ति
नेपालमा केन्द्रिय निक्षेप सेवा तथा राफसाफ एवं फछ्र्यौट प्रणाली स्थापना सम्बन्धमा नेपाल स्टक एक्सचेन्ज लिमिटेड -नेप्से) र सेन्ट्रल डिपोजिटरी एन्ड र्सर्भिसेस -इन्डिया) लिमिटेडबीच २०६६ माघ १ गते शुक्रबार सम्झौता भएको छ । उपप्रधानमन्त्री तथा पराराष्ट्रमन्त्री सुजाता कोइराला र भारतीय विदेशमन्त्री एस. एम. कृष्णको उपस्थितिमा नेप्सेका महाप्रवन्धक शंकरमान सिंह र सिडिएसएलका कार्यकारी निर्देशक पी. एस. रेड्डीले हस्ताक्षर गर्नुभयो ।
सम्झौताअनुसार सिडिएसएलले नेपालमा केन्द्रिय निक्षेप सेवा तथा राफसाफ एवं फछ्र्यौट प्रणाली स्थापनाका लागि प्राविधिक सहयोग उपलब्ध गराउनेछ । नेपालको प्रचलित कानुनअनुसार सफ्टवेयरको निर्माणका लागि परामर्श, आवश्यक ऐन नियम तथा निर्देशिका तर्जुमा, सफ्टवेयर निर्माणकर्ता छनौटमा सहयोग, सफ्टवेयर परिक्षण, नेपाल धितोपत्र बोर्ड, नेप्सेसहित सम्बद्ध निकायका कर्मचारीको तालिम, ग्यारेन्टी कोष तथा राफसाफ कोषको स्थापना, इन्टरनेसनल सेक्युरिटी आइडेन्टिफिकेसन नम्बरको विकास लगायतका क्षेत्रमा सिडिएसएलले नेप्सेलाई सहयोग गर्नेछ ।
केन्द्रीय निक्षेप प्रणालीमा सेयरधनीहरुको धितोपत्रलाइ विद्युतीय रुपमा वहि खाताको शैलीमा डिम्याटियरिलाइजेसन' भनिने भौतिक प्रमाणपत्रलाई विद्युतीयमा परिणत गरिएको हुन्छ । पर्ूण्ातया कम्पुटरीकत यस व्यवस्थाबाट नेपालको पुँजी बजारको विद्यमान समस्यालाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ । अन्तराष्ट्रिय रुपमा राफसाफ तथा फछ्र्यौटका लागि सिडिएस प्रयोग गरिदै आएको छ । यस अर्न्तर्गत हाल प्रयोगमा रहेको भौतिक धितोपत्रहरु लाई सुरक्षित तथा भरोसायोग्य कम्प्युटरकृत वहि खाता पद्धतिमा रुपान्तरण गरिनेछ । सेयर लगानीकर्ताले कारोबार गरिसके पछि भौतिक प्रमाणपत्रहरुको आदानप्रदान आवश्यक हुदैन । स्टक एक्सचेन्जमा सूचीकृत सम्पर्ूण्ा सेयर केन्द्रीकृत रुपमा अभिलेख राखिएको हुन्छ र लगानीकर्ताको सिडिएस खाता हुन्छ, सेयर कारोबार भए पछि बेच्ने लगानीकर्ताको खातामा घटाइन्छ र किन्ने लगानीकर्ताको खातामा जोडिन्छ ।
समग्रमा, सिडिएसले लगानीकर्ताको खाता व्यवस्थापन तथा अद्यावधिक, प्रमाणपत्रको निक्षेप, अन्तरखाता तथा आन्तरिक खाता स्थानान्तरण, झिक्ने, कारोबार राफसाफ, खाता विवरण तथा व्यवस्थापन विवरण र संस्थागत निर्ण्र्ााो सूचना व्यवस्थापनमा सहयोग प्रदान गर्छ ।
सम्झौताअनुरुपको कार्यव्यवस्था गर्न सिडिएसएलका कार्यकारी निर्देशक पी. एस. रेड्डी, सिनियर भाइस प्रेसिडेन्ट साइरस खम्बाटा, भाइस प्रेसिडेन्ट जिज्ञेस गान्धी, सिएमसिका विशेषज्ञ सी. डी. देशपाण्डे र नेपाल सरकार अर्थमन्त्रालय, नेपाल धितोपत्र बोर्ड, नेप्से तथा काठमाडौंस्थित भारतीय दूतावासका उच्च अधिकारीबीच छलफल कार्यक्रम पनि तय भएको छ ।
मिति ः २०६६/१०/१
Please download file for pdf version.
Download / Open agreementNEPSEandCDSL.pdf
|
|
|
|
 |