|
|
 |
Home > Media >Press Release
|
Press Release

|
 |
Press Relase on Market Halt — 2008-08-25
नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले बजार स्थायित्व, सुरक्षित एवं सहज कारोबारका लागि समयानुकुल व्यवस्था गर्दै आएको छ । यसै सर्न्दर्भमा मिति २०६४/६/६ देखि लागु भएको बजार कारोबार स्थगन (Market Halt) सम्बन्धी व्यवस्थालाई नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रवेशपछि बजारको संरचनामा आएको परिवर्तनलाई दृष्टिगत गर्दै कारोबारको सहज संचालनका लागि संशोधन गरिएको छ । यस अनुसार पहिले नेप्से परिसूचकमा हुने विन्दु -एयष्लत) वा अंकको आधार -क्रमशः १५, २० र २५ अंकको परिवर्तन भएमा १५ मिनेट, आधा घण्टा, र बाँकी पुरै कारोबार समय स्थगन हुने) मा बजार कारोबार स्थगित हुने गरेकोमा मिति २०६५/५/९ देखि प्रतिशत परिवर्तनका आधारमा देहाय अनुसार स्थगित हुने व्यवस्था गरिएको छ ः
· कारोबार शुरु भएको पहिलो एक घण्टामा -एक बजेभित्र) नेप्से परिसूचक ३ प्रतिशतले परिवर्तन भएमा १५ मिनेटका लागि कारोवार स्थगन गर्ने ।
· यसरी स्थगन भएको कारेाबार पुनः खुलेपछि उक्त परिसूचकमा ४ प्रतिशतले परिवर्तन भएमा अर्को ३० मिनेटका लागि कारोवार स्थगन गर्ने ।
· स्थगन भएको कारोबार पुनः खुलेपछि उक्त परिसूचकमा ५ प्रतिशत परिवर्तन भएमा उक्त दिन वाँकी पुरै समयको कारोवार स्थगन गर्ने ।
यस अघि नेप्सेमा भएको परिवर्तनलाई विन्दु वा अंकको आधार बनाएर कारोबार स्थगन गरिदै आएकोमा उक्त आधार स्थीर भई नेप्से परिसूचकमा परिवर्तन भए अनुसार समायोजन हुन नसक्ने भएकोले यो संशोधन गरिएको हो र प्रस्तुत संशोधनले परिसूचकको परिवर्तन अनुरुप प्रतिशतको आधारमा अंक पनि परिवर्तन भई कारोबार समेत गतिशिल हुदै जानेछ ।
अतः उपर्युक्त व्यवस्थाबाट मुख्यतः लगानीकर्ताहरु र्सतर्क भई कारोबारको तीब्र उतारचढाव नियन्त्रणमा आउने तथा कारोबार संचालन सहज हुने विश्वास यस लिमिटेडले लिएको छ ।
please download file for pdf version.
Download / Open press080825.pdf
|
|
|
|