|
|
 |
Home > Media >News
|
News

|
 |
ओ.टि.सि. (ओभर द काउण्टर ) बजार सम्बन्धी संक्षिप्त जानकारी — 2008-06-03
परिचय
सूचीकरण खारेज भएका र सूचिकरण हुन नसकेका कम्पनीहरुको शेयर लगानीमा तरलता उपलब्ध गराउने र संग ित संस्थालाई पूँजी संकलनको अवसर दिने उद्देश्यले नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले संचालन गर्ने बजार नै ओ.टि.सि.-ओभर द काउण्टर) बजार हो । यो बजार ओ.टि.सि. बजारसम्बन्धी बिनियमावली, २०६५ अनुसार संचालित हुनेछ । यहाँ स्टक एक्सचेञ्जले आफ्नो स्वचालित कारोबार बाहेक छुट्टै काउण्टर खोली खरिदकर्ता र विक्रीकर्ताको आपसी मोलतोलमा धितोपत्रको खरिदविक्री गराउँछ । शुक्रवार र र्सार्वजनिक विदाका दिनहरुमा बाहेक साताभर विहान ११ बजेदेखि अपरान्ह १ बजेसम्म स्टक एक्सचेञ्जको ओटीसी बजारमा दलाल बिना खरिदकर्ता र विक्रीकर्ताबीच सिधै कारोवार हुन्छ ।
कारोबार हुनसक्ने धितोपत्रहरु
ओ.टी. सी. बजार संचालन विनियमावलीको विनियम ९ मा निम्न प्रकारका धितोपत्रहरुको कारोबार ओटीसी बजारमा हुनसक्ने व्यवस्था छ ः
· धितोपत्र बजारले सूचीकरण खारेज गरेका कम्पनीका धितोपत्रहरु
· धितोपत्र बजारको सूचीकरणका लागि आवश्यक शर्तहरु पूरा गर्न नसक्ने कम्पनीका धितोपत्रहरु
· सूचीकरण प्रकृयामा नआएका अन्य पब्लिक लिमिटेड कम्पनी तथा सरकारी संस्थाले र्सार्वजनिक निष्काशन गरेका धितोपत्रहरु
उपर्युक्तमध्ये धितोपत्र बजारले सूचीकरण खारेज गरेका कम्पनीहरुको धितोपत्र स्वतः ओ.टि.सि. बजारमा कारोबार हुनेछ भने त्यस बाहेकका संग ित संस्थाले त्यस्तो कारोबारका लागि धितोपत्रहरु ओटीसी बजारमा दर्ता गर्नर्ुपर्छ । ओ.टी.सी. बजार मार्फ धितोपत्रहरुको कारोवार गर्नर् इच्छुक कम्पनीहरुले विनियममा तोकिएको ढाँचामा -अनुसूची - १, २ र ३ मा उल्लेख) आवश्यक कागजात संलग्न गरी धितोपत्र दर्ताका लागि आवेदन दिनर्ुपर्छ ।
कारोबार हुन नसक्ने धितोपत्रहरु ः
देहायका धितोपत्रहरु ओ.टि.सि. बजार मार्फ कारोबार गराइने छैन
· नेपाल सरकार वा नेपाल सरकारको सम्बन्धित निकायहरुबाट रोक्का गरिएका धितोपत्रहरु
· बैंक तथा वित्तीय संस्थाहरुले रोक्का गरेका धितोपत्रहरु
· सम्बन्धित कम्पनीहरुबाट रोक्का गरिएका धितोपत्रहरु
· नेपाल धितोपत्र बोर्ड तथा धितोपत्र बजारले रोक्का गरेका धितोपत्रहरु
· धितोपत्र बजारमा सूचीकृत धितोपत्रहरु
यदि कुनै कम्पनीले सूचीकरणका लागि आवश्यक शर्तहरु पूरा गरेमा पुनः सूचीकरणका लागि आवेदन दिई
सूचीकरण भएमा त्यस्ता सूचीकरण भएका धितोपत्रहरु यस बजारको कारोबारबाट स्वतः हटनेछ ।
... Please download the below file for more information
Download / Open otcMarketNews.pdf
|
|
|
|