कैलालीको टिकापुरमा मिति २०७७ चैत २२ गते आइतबार लगानीकर्ता सचेतना कार्यक्रम
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले कैलालीको टिकापुरमा मिति २०७७ चैत २२ गते आइतबार लगानीकर्ता सचेतना कार्यक्रम सञ्चालन गरेको छ ।
कार्यक्रममा नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले पछिल्लो समय सेयर बजार गतिविधि बढेको बताउनुभयो । उहाँले सेयर बजारमा लगानी गर्नु पूर्व कम्पनीको वित्तीय विवरण, व्यवसाय, सञ्चालन तथा व्यवस्थापन पक्षलाई राम्ररी अध्ययन गर्नुपर्ने बताउनुभयो । अन्य विकल्पभन्दा सेयर बजारको लगानीमा प्रतिफल उच्च भए पनि यसका जोखिमहरुका बारेमा उत्तिकै सजग हुनुपर्ने उहाँको भनाई थियो ।
उहाँले अनलाइन प्रणालीले देशभर लगानीकर्तामा सेयर बजारको पहुँच पुगेको जानकारी दिनुभयो । ‘अहिलेसम्म ६६ वटा देशबाट लगानीकर्ताले अनलाइनमार्फत कारोबार गरिसकेका छन्,’ उहाँले भन्नुभयो ।
कार्यक्रममा जनप्रतिनिधि, स्थानीय लगानीकर्ता, व्यवसायी, प्राध्यापक, प्रशासक लगायत गन्यमान्य महानुभावहरुको उपस्थिति थियो । कार्यक्रमलाई दीपशिखा धितोपत्र कारोबार कम्पनीले सहजीकरण गरेको थियो ।